पत्रकार डेकेन्द्रराज थापाको हत्या पश्चात उनको शव लुकाइएका वेला यस्तो अवस्था आएको थियो । जतिवेल शव खोज्न गाउँतिर जानुप¥र्यो भन्दा बिभिन्न बाहना बनाएर काठमाण्डौं भाग्नेहरु अहिले चर्को आवाज उठाएको सुनिन्छ । जतिवेला किठन परिस्थिती थियो द्धन्द्ध अँझै सकिएको थिएन माओवादीहरुले भर्खरै हतियार मात्र बिषएका थिए उनीहरुको द्धन्द्धको पुर्ण मानसिकता अन्त्य भएको थिएन, त्यो बेला शाहस गरेर शव खोज्नेहरु अहिले बाँचेर मात्र पत्रकारिता गर्नुपर्दोरहेछ भनेर पछुतो मानिरहेका बेला बिगत बिर्शेर अहिले चर्को कुरा गर्नु मुर्खता बाहेक अरु केही हुँदैन् । हिजो शव चाहियो, न्या चाहियो भनेर प्रहरीको अगाडी मुखमा पट्टी बाँध्ने देखिका कयौं आन्दोलनहरु भए, त्यसमा सवैको साथ र सहयोग रहेको थियो । अव पुनः केही गर्न सकिन्छ भनेर अहिले चर्को आवाज उठाउनेहरुले फररा रहेका चारजनालाई पक्राउका लागि किन नयाँ बहसको सुरुवात गर्न नसक्ने ?
हत्यामा संलग्नहरुलाई कार्वाही सुनाएर सम्माननीय अदालतले नजिर बसालेको छ अव त्यसैमा टेकेर मुख्य अभियुक्तहरुलाई पक्राउ गर्नका लागि कस्ता खालका पट्टीहरु बाँधीने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
पदिय दायित्व, जिम्मेवारी र जिम्मेवारी बहन गर्ने भूमिका भिन्न भिन्न कुरा हुन् । कुरा भन्दा काम गर्दा राम्रो मानिने हाम्रो समाजले अव कुराहरुलाई हैन दायित्व निर्वाह गर्न सक्ने क्षमता भएकाहरुको क्षमता र पदिय दायित्वको पनि परिक्षण गर्ने गरेको छ ।








